• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की !

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।

खबरबहबसँगको विशेष कुराकानीमा स्थायी कमिटी सदस्य रावलले आफ्नो ज्यान मार्ने धम्की बालुवाटारमा बस्ने व्यक्ति बाट आएको दाबी गरे । तर उनले कस्ले धम्की दियो भन्ने खुलाउन चाहेनन् । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो ।

‘मलाई ज्यानको समेत धम्की दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट’ नेता रावलले भने,‘लेडि डायनाले जसरी ज्यान गुमाउनु प¥यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो । ’

नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए ।

‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने,‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घटनाको मञ्चन गरेर हत्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’

यस्ता धम्कीबाट आफू नडराउने भन्दै नेता रावलले भने,‘म त्यसबाट डराउँदिन । र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।’

राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र समर्थन भन्दा धम्की र विरोध हुन दुःखद् भएको बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आमा समान मान्छौं यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ, अरुको अस्तित्व अस्थायी छ ।’

देशको हीत, राष्ट्रियता, स्वाधिनताको कुरार्मा नझुकौं नलत्रिऔं, हामी उभिएर देशको स्वाथ्र्यको कुरा गरौं भन्दा केहीलाई चिन्ता लागेको रावलको भनाइ थियो ।

‘भीम रावल लेडी डायनाको अवस्थामा पुग्छ भनेर बालुवाटारमा बस्ने मानिसले भन्दा मलाई लाग्छ प्रत्येक देशभक्तको मन रोएको हुनुपर्छ । तर म रोएको छैन । म दृढ छु’ नेता रावलले भने,‘ मैले के ठानेको थिए भने मैले देशको पक्षमा बोल्दा धन्यवाद आउँछ होला भन्ने लागेको थियो तर हत्याको धम्की पो आयो । तर म ज्यानको धम्कीबाट डराउँदिन । यस्तो धम्की दिनेहरु निरंकुश व्यवस्थामा पनि थिए । राष्ट्र र मुलुकका पक्षमा दिएको अभिव्यक्ति हराएर जाँदैन ।’

राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको विरोध गर्दा राजनीतिक रुपमा लड्न छोडेर धम्कीमा उत्रनु दुखद् भएको बताए ।

आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्की तर्फ गएको उनको दाबी छ ।

‘एमसीसी जुन बुँदाहरु उठाएको छु यो झुठा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर खण्डन गरे हुन्छ’ नेता रावलले भने,‘तर ज्यानको धम्की दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखाले कुरा हो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– मार्ने धम्की झुठो

आफ्नै दलको सरकार र पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा ज्यान मार्ने धम्की आएको गम्भीर आरोपको बालुवाटारले भने खण्डन गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता भीम रावलले चर्चामा आउनका लागि झूठ बोलेको आरोप लगाए ।

खबरहबसँगको कुराकानीमा प्रेस सल्लाहकार थापाले भने नेता रावलले लगाएको आरोपको खण्डन गरे ।

‘उहाँ(भीम रावल) विषयवस्तुलाई बङ्ग्याउन सिपालु व्यक्ति हो’ सल्लाहकार थापाले भने,‘एमसीसीको सवालमा उठेका विषयलाई सबैले पढ्न सकिन्छ, हामी आग्राका कुरा गरिरहेका छौं, उहाँ(भीम रावल) गाग्राको कुरा गरिरहनु भएको छ ।’

आइतबार, पुष २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.