हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ। डोजरसंगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ हटाइएपछिराजमार्ग सुरु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए।
हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदासात पहाडी जिल्ला जाने र ७ पहाडी जिल्लाबाट तराई आउने यात्रुहरु समस्यामा परेका थिए। हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो।
