काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट रहेका नेताहरुले आफू निकटका जिल्ला सभापतिहरुको भेला बोलाएका छन् ।
आज पार्टी कार्यालय सानेपामा हुने भेलामा केन्द्रीय समितिमा भएको एकलौटी निर्णय, आगामी महाधिवेशनमा केन्द्रित हुने केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बाह्रखरीलाई जानकारी दिए ।
उनले पार्टी विधिअनुसार नै चल्नुपर्ने, सबैको सम्मान हुनुपर्ने, सबैलाई न्यायपूर्ण व्यवहार हुनुपर्ने विषयमा लगातार आवाज उठाइरहेको भए पनि नेतृत्वले गरेको निर्णयले दुःखी हुनुपरेको बताए ।
“महाधिवेशनको मिति तय गर्दासमेत पार्टीमा छलफल हुन सकेन,” उनले भने, “हामीले कस्तो लोकतान्त्रिक विधि अपनाउँदैछौं रु फागुनमा पनि कथमकदाचित हुन सकेन भने महाधिवेशनको भविष्य के हुन्छ रु कांग्रेसको भविष्य के हुन्छ रु त्यहीभएर हामीले मंसिरमा महाधिवेशन गरौं भनेर भनेका थियौं । त्यो पनि पूरा हुन सकेन । यिनै विषयमा जिल्लासभापतिहरुसँग परामर्श गर्दैछौं ।”
अहिले बिहान ११ बजेपछि पार्टी कार्यालय सानेपामा छलफल गरिने भएको छ ।