काठमाण्डौं : अर्थ मन्त्रालयका उप(सचिव राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गरेको छ।
निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको २०४९ साउन १९ गतेदेखि २०७५ असार ३२ गतेसम्म आर्जन गरेको वैध आय रु।७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु।५,४८,०३,३५१।५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु।४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको हुँदा निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर गरेको छ।
निज राजेन्द्र ढुङ्गानाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुँदा निजलाई बिगो रु ४,६८,४८,५५६।४५ ९चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र० कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा ९२०, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग।, दफा २९ को उपदफा ९१० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख। बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु।४,६८,४८,५५६।४५ ९चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र० जफत गरी पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी गरेको छ ।
साथै, निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मधु कोइराला ९ढुङ्गाना० को नाममासमेत खरिद गरी राखेको देखिएकोले मधु कोइराला ९ढुङ्गाना० को नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग।, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। बमोजिम श्रीमती मधु कोइराला ९ढुङ्गाना० समेतलाई प्रतिवादी बनाई २०७६ पुस १८ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।