कैलाली
राष्ट्रीय खोप कार्यक्रम सफल बनाउन देशको संघिय संरचना अनुसार संघ प्रदेश स्वास्थ कार्यालय र स्थानिय तह हरुमा गुणस्तरीय खोप तथा कोल्डचेन सुधार , ब्यबस्थापन को लागि धनगढीमा ३ दिने कोल्डचेन भ्याक्सिन ब्यबस्थापन सम्बन्धमा प्रदेश स्तरीय समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ।
प्रदेश, स्वास्थ कार्यालय र स्थानिय तहहरुमा खोप तथा कोल्डचेन ब्यबस्थापन को समिक्षा गरी समस्या पहिचान गर्ने , पहिचान भएका समस्या समाधानका लागि दिर्घकालिन योजना तयार गर्ने , थपिदै गएका नयाँ भ्याक्सिन को लागि भण्डारण ब्यबस्थापन को लागि छलफल गर्ने र प्रदेश स्वास्थ कार्यालय मार्फत स्थानिय तहमा खोप तथा कोल्डचेनका कार्यबारे योजना तयार गर्ने यस गोष्ठीको उदेश्य रहेको छ ।
गोष्ठीको उद्घाट्न कार्यक्रममा बोल्दै खोप कार्यक्रम तथा नियमित कार्यक्रम हरु संचालन गर्ने जनशक्ती अभाव रहेको र ३० प्रतिशत पनि बजेट खर्च नहुने अबस्था रहेको सदुरपश्चिम प्रदेश स्वास्थ निर्देशक गुणराज अबस्थीले बताउनुभयो ।

