• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डीआइजीको निर्देशन मानेनन् एसपी मल्लले, प्रचण्डका पूर्व पीएसओ चितवनमै

काठमाडौँ- प्रदेश प्रहरीले जिल्ला छाड्न निर्देशन दिएको २४ घन्टा बित्न लाग्दा पनि चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सरुवा हुन मानेका छैनन्। प्रहरी प्रधान कार्यालयले केही साता अघि एसपीहरुको सरुवा निकाल्दा मल्लको पनि सरुवा भएको थियो।

एसपी गंगा पन्तलाई चितवनमा सरुवा गरिएको थियो। तर एसपी मल्लले जिल्ला छाड्न तयार नभएपछि बुधबार तालुकदार निकाय प्रदेश(३ प्रहरीले चितवन जिल्ला प्रहरीलाई पत्र लेख्दै २४ घन्टाभित्र मल्ललाई रमाना हुन निर्देशन दिएको थियो। जिल्ला छाड्नुअघि आफूभन्दा एक तल मुनीको अधिकारीसँग रमाना लिनुपर्ने प्रावधान छ।

प्रदेश(३ प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले रमाना भएको जानकारी नभएपनि मल्लले जिल्ला छाड्न लागेको बताए। ‘रमाना भइसकेपछि जानकारी पाउँ भन्ने हाम्रो पत्राचार थियो। हामीले बुझेअनुसार उहाँले छाड्न लाग्नु भएको छ। तर छाडिसकेको जानकारी भने प्राप्त भएको छैन’, बस्नेतले भने।

कार्यालय प्रमुखहरुको सरुवा हुँदा रमाना लिएर सजिलै छाड्ने चलन छ। तर राजनीतिक आडमा सरुवा हुन नमानेका घटनाहरु पनि छन्। यसअघि जिल्लासहित विभिन्न प्रहरी युनिटका प्रमुखहरुले सरुवा हुँदा पनि नेतृत्व छाड्न तयार भएका थिएनन्। एसपी मिरा चौधरीको धनुषामा सरुवा भएर पनि तत्कालिन जिल्ला प्रमुखले छाड्न नमानेपछि उनी त्यहाँ जान सकिनन्।

बाँकेको कोहलपुर इलाका प्रहरी प्रमुख हेमबहादुर शाहीको पनि सरुवा भइसकेको छ तर उनले पनि त्यस ठाउँ छाडेका छैनन्। सामान्यतया कार्यालय प्रमुखको हकमा सरुवा भएको एक वर्षभन्दा कम समयमा विना कारण त्यहाँबाट हटाउन नपाउने प्रावधान छ।

मल्ल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व पीएसओ हुन्। प्रचण्डको पीएसओ भएकै समयमा उनी पदोन्नती भएर डीएसपी भएका थिए। लगत्तै उनी आकर्षक मानिने महानगरीय प्रहरी वृत दरबारमार्गको नेतृत्व गर्ने अवसर पाएका थिए। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरी विवादमा आएको थियो। चितवन प्रचण्डको गृहजिल्ला हो।

यस प्रकरणमा चर्चित सन्चारकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्धा चलेको थियो। पर्याप्त प्रमाण अभाव भएको भन्दै चितवन जिल्ला अदालतले लामिछानेसहित सबै प्रतिवादीलाई तारेखमा छाडेको थियो, दुई जनासँग धरौटी मागेर र एक जनालाई साधारण तारेखमा छाडेर।

बिहिबार, पुष १७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.