• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रहरीमा बढ्यो शक्तिकेन्द्रको हस्तक्षेप ! : आईजीपीले सरुवा गर्ने, नेताले रोक्ने

काठमाडौै । नेपाल प्रहरीले गरेका सरुवा नै कार्यान्वयन नभएका उदाहरण धेरै कम छन् । तर विगत ३ महिनायता तीन अधिकृतको सरुवा कार्यान्वयन नै भएनन् । आइजीपी सर्वेन्द्र खनालले पुस ४ मा २४ एसपीको सरुवा गर्दा गंगा पन्तलाई चितवन पठाए । चितवनका एसपी दानबहादुर मल्लको बारेमा धेरै गुनासा आएपछि उनलाई एयरपोर्टमा सरुवा गरिएको थियो ।

तर एसपी मल्लले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सात महिनामै आफ्नो सरुवा गरी बेइज्जती गरेको गुनासो गरे । अध्यक्ष दाहालले आइजीपी खनाललाई मल्ललाई २ महिनासम्म चितवनमै राख्न निर्देशन दिए । पन्तको सरुवा रद्द भयो, मल्ल थमौती भए । मल्ल नेकपा अध्यक्ष दाहालका पूर्व पीएसओ हुन् । त्यही पीएसओको नाममा उनी अवकाश हुने बेलामा पनि चितवन जस्तो जिल्लाको एसपीमा सरुवा भएका थिए ।

नेपाल प्रहरीमा अवकाशको मिति नजिक भएका अधिकृतलाई इन्चार्ज नदिने नीति छ । तर शक्तिको आडमा उनी चितवनको एसपीमा सरुवा भए । चितवनमा गएपछि उनको ध्यान शान्ति सुरक्षातिर भन्दा पनि कसरी हुन्छ कमाउधन्दामा केन्द्रित भएका कारण उनी विवादमा पर्दैआएका थिए । एसपी मल्लले जुवा अखाडादेखि मोटरसाइकल र गाडी चोरी गर्ने गिरोहसँग घुस असुली गरेको र मातहतका चौकीहरूमा दररेट तय गरी इन्चार्ज खटाउने गरेको आरोप लाग्यो ।

दररेट अनुसार नदिने इन्चार्जलाई एक महिनामै तान्ने काम गरेपछि उनका बारेमा धेरै उजुरी प्रहरी प्रधान कार्यालयमा पनि पुगेपछि आइजीपीले उनलाई तानेका थिए । र, गंगा पन्तलाई पठाएका थिए । पन्त र आइजीपी खनालको गृहजिल्ला तनहुँ नै भएकाले उनले मौका पाएको अर्थ पनि कतिपयले लगाउने गरेका छन् । त्यसो त प्रहरी प्रमुखले अवकाश हुने बेलामा आफ्ना निकट केही अधिकृतलाई राम्रो ठाउँ दिने प्रवृत्ति नै नेपाल प्रहरीमा रहँदैआएको छ । तर पन्त जानै पाइनन् । आइजीपी खनालको निर्णयलाई शक्तिका आडमा एसपी मल्लले तुहाइदिएका छन् ।

२०७६ मंसिर २० मा २७ डीएसपीको सरुवा गर्दा बाजुराका उद्धवसिंह भाटको नाम जिल्ला प्रहरी कार्यालय धनुषामा थियो । भाटलाई धनुषामा सरुवा गरी उनको ठाउँमा टंकप्रसाद भट्टराईलाई पठाइएको थियो । तर भट्टराई बाटाबाटै फर्किनुपरेको बताइन्छ । भाटको थमौती भएपछि बाजुरामा पद सम्हाल्न गएका भट्टराई बीच बाटोबाटै फर्किन बाध्य भएका थिए । डीएसपी भाटले पनि आइजीपीको सरुवालाई चुनौती दिएरै बाजुरामा थमौती भएका छन् ।

तेस्रो घटना हो, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम शाहीको सरुवा कार्यान्वयन नहुनु । डीएसपी शाहीले २०७६ दशैंमा स्थानीय एक ठेकेदारसँग खसी मागेको भिडियो सार्वजनिक भएपछि नै प्रहरीको बदनाम भएको थियो । त्यतिबेला पनि उनलाई यथावत राखिएको थियो । त्यसपछि स्थानीय विद्यार्थी प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न परिस्थितिमा कोहलपुर प्रहरीले विरोधमा उत्रिएका विद्यार्थीमाथि निर्मम लाठीचार्ज गरेर उनी विवादमा आएपछि २०७६ मंसिर २५ मा उनलाई सुर्खेत गणमा पठाइएको थियो । र, डीएसपी कुलदीप चन्दलाई पठाएको थियो । तर प्रहरी प्रधान कार्यालयले पठाएका डीएसपी चन्द कोहलपुर अहिलेसम्म जान पाएका छैनन् । विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि पहिला जिल्ला प्रहरी कार्यालय बाँकेबाट डीएसपी शिव सिंहलाई पठाइएको थियो । तर उनी पनि जानै पाएनन् ।

बुधबार, पुष १६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.