सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले ८८ वटा पालिकाहरुका लागि खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन ९ वटै जिल्ला सदरमुकाममा रहेका स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका, डोटीको दीपायल सिलगढी नगरपालिका, अछामको मंगलसेन नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ ।
संघीय सरकारबाट मातृ तथा बाल स्वास्थ्य सुदृढीकरणको लागि यस सुदूरपश्चिम प्रदेशलाई विशेष अनुदान प्राप्त भएको हुदाँ सामाजिक विकास मन्त्रालयबाट प्रदेशमा रहेका स्थानीय तहहरुको लागि ग्रामिण अल्ट्रासाउन्ड खरिद गरी वितरण गर्न निर्देशनालयलाई आ व ०७५।०७६ को अन्तमा २०७६।०१।२३ गते कार्यक्रम तथा बजेट प्राप्त भएको थियो ।

अल्ट्रासाउन्ड खरिदको लागि १२ करोड ३२ लाख बजेट विनियोजन भएको हो । उक्त मेसिनअल्ट्रासाउण्ड मेसिन को मुल्य १० लाख २४ हजार ३२० अमेरीकी डलर रहेको छ । अल्ट्रासाउण्ड मेसिन को भन्सार शुल्क रु ५८ लाख ८२ हजार ७१८ रहेको छ भने भ्याट शुल्क रु १ करोड ६० लाख ५९ हजार ८८५ रहेको थियो ।
टेलि अल्ट्रासाउन्ड सम्बन्धिको पहिलो चरणको तालिम माघ ५ गते देखि भेरी अस्पतालमा सुरु हुने स्वास्थ निर्देशक गुणराज अबस्थीले बताए ।
