बैतडीमा दुई वडामा कांग्रेस र एउटामा नेकपा विजयी
बैतडीमा शनिबार राति नै मत गणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका ३ वडामा २ मा नेपाली कांग्रेस, १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )विजयी भएको छ ।
जसमा जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका ४ मा नेकपाबाट उम्मेदवार शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसबाट उम्मेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका छन् ।
दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० बढी भोट प्राप्त गरेर विजयी भएका हुन्। कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी भट्टले ४८४ मत प्रप्त गरे । यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत पाए भने २४ मत बदर भएको छ ।
यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १ सय ५ मत बढी लिएर विजयी भएका छन् । कुल खसेको १ हजार तीन सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे भने ७५ मत बदर भयो ।
सुर्नया गाँउपालिका १ मा कांग्रेसका उमेदवार गजेन्द्र बहादुर चन्द बिजयी भएका छन्। तदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका छन् भने ४ मत बदर भएको छ ।
दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।
बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाबाट मनराज बुढा बिजयी
बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएका छन्। नेपाली कांग्रेस वाट उम्मेद्धवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
मनराज बुढाले ३ सय ६७ मत पाएका छन्। त्यस्तै नेपाली काँग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत, राप्रपा बाट बनको उम्मेद्धवारले २ मत र ११ मत बदर भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएपी उद्धब सिंह भाटले वताएका छन् ।
त्रिवेणी नगरपालिका १ मा रहेको छतारादेवी आधारभुत विद्यालयमा भएको उप निर्वाचनका शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो
वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये ७ सय २७ मत खसेको थियो। तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेको थिए।
बाजुरामा उप निर्वाचन एउटामा वडामा मात्र रहेको थियो। ।त्रिवेणी नगरपालिका १ मा वडा अध्यक्षको चुनाव भएको छ। उक्क्त वडाको उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए।
अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाबाट रमेश खड्का विजयी
अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार रमेश खड्का विजयी भएका छन्। उनी ७ सय ७८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन्।
शनिबार भएको मतदानमा १ हजार ९ सय मतदाता रहेकोमा १ हजार ३ सय ५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसमा १५ मत बदर भएको निर्बाचन कार्यलयले जनाएको छ।
डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी
डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी भएका छन्। उनी ६ सय ६८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्।
त्यस्तै राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिहं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्। आज भएको मतदानमा १५९० मत खसेको मुख्य निर्वाचन अधिकृत दलबहादुर मलासी जानकारी दिए। जसमध्ये ६० मत बदर भएको उनले बताए ।
तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो।
कञ्चनपुरको पुर्नवास नगरपालिकामा नेकपा विजयी
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३ सय १० मत पाएका छन्।
प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। मतदानमा ९ सय २४ मत खसेको थियो।