• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारी सुविधा लिनेमा प्रचण्ड परिवारकै १० जना

 

काठमाडौं

गणतन्त्र स्थापनापछि सरकारी सुविधा उपभोगका दृष्टिले सबैभन्दा बढी फलिफाप कुनै नेतालाई भएको छ भने त्यो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भएको देखिन्छ।

दाहालका परिवारको एउटा यस्तो वयस्क सदस्य छैनन्, जसले सरकारी सेवा सुविधा नपाएका हुन्। सबैजसो सदस्यले कुनै न कुनै सरकारी सुविधा भोग गरिरहेका देखिएको छ। प्रचण्डको परिवारका ५ जना त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन्।

दाहाल आफैँ सत्तारुढ दलका शक्तिशाली अध्यक्ष हुन्। चितवन–३ बाट प्रतिनिधिसभामा निर्वाचित उनले संसद सचिवालयबाट नियमित सरकारी तलबभत्ता लिन्छन् भने पुर्व प्रधानमन्त्रीको हैसियतमा गाडी, पेट्रोल, डिजल र ड्राइभरको समेत सुबिधा पाउँछन्।

पूर्व प्रधानमन्त्रीहरू मध्ये दाहालमात्रै एक यस्ता नेता हुन्, जसले दुई–दुईवटा सरकारी सवारी मात्रै प्रयोग गर्दैनन्, अगुवा–पछुवा सवारीसहित झन्डै ५९ सुरक्षाकर्मीको सुरक्षा सुविधा पनि लिन्छन्। यति धेरै सुरक्षा सुविधा लिने सम्भवतः तत्कालीन राजाहरू पछाडी दाहाल नै हुन्।

‘प्रचण्ड निवासमा मात्रै झन्डै दर्जन बढी सरकारी गाडी पार्किङ हुन्छन्,’ खुमलटारनिकट एक सदस्यले भने, ‘एउटा परिवारको निवासमा यति धेरै सरकारी सवारी देखिएको सम्भवतः यो पहिलो र अन्तिम घटना हो।’ प्रचण्ड मात्रै होइन, उनका परिवारमा सरकारी गाडीसहित अन्य सुविधा लिने एक दर्जन छन्।

पूर्व प्रधानमन्त्रीहरू मध्ये दाहालमात्रै एक यस्ता नेता हुन्, जसले दुई–दुईवटा सरकारी सवारी मात्रै प्रयोग गर्दैनन्, अगुवा–पछुवा सवारीसहित झन्डै ५९ सुरक्षाकर्मीको सुरक्षा सुविधा पनि लिन्छन्।
त्यसो त दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिलाएर सुरुमा प्रतिनिधिसभाको सांसद बनाए। त्यसपछि केपी ओली सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी दिलाए। त्यतिमात्रै होईन, गत शुक्रबार बसेको नेकपा सचिवालय बैठकवाट बुहारी मगरलाई अध्यक्ष दाहालले खानेपानी तथा सरसफाई विभागको नेतृत्व दिलाएका छन्। पार्टीको केन्द्रीय विभागको नेतृत्व गर्ने मगर सबैभन्दा कान्छी नेतृ पनि हुन्।

दाहालले माइली छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् भने उनै रेणुलाई केन्द्रीय सदस्य पनि बनाएका छन्। रेणुका श्रीमान अर्जुन पाठक पनि भरतपुर नगरपालिकामा विज्ञमा रुपमा कार्यरत छन्, पाठकले सवारीसहित अन्य सुविधा लिँदै आएका छन्।

जेठो ज्वाइँ सागर केसी सभामुख कृष्णबहादुर महराको सचिवालयमा कार्यरत छन्। सवारीसहित सरकारी सुविधा लिएका केसी दिवंगत ज्ञानुका श्रीमान हुन्।

कान्छो ज्वाइँ जीवन आचार्यले पनि सरकारी सुविधा उपभोग गरिरहेका छन्। उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालयमा विज्ञको रुपमा कार्यरत आचार्यलाई सवारीसहित तलबभत्ता र अन्य सुविधा दिईएको छ।

त्यतिमात्रै होइन, प्रचण्डले भाइ नारायण दाहाललाई नेकपाको प्रदेश ३ को पार्टी इन्चार्ज बनाएका छन भने बैनी ज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पताल सञ्चालक समितिको अध्यक्ष बनाएका छन्। उनी पनि सरकारी सुविधा उपभोग गरिरहेका छन्।
छोरी रेणुका नन्दे ज्वाइँ चुडामणि खडकालाई प्रतिनिधिसभामा सांसद बनाएका छन्। अपाङ्गता भएका व्यक्तिको कोटामा खडका समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पुगेका हुन्। त्यसअघि खडका दाहालको स्वकीय सचिवालयको जिम्मेवारीमा थिए।

त्यतिमात्रै होइन, प्रचण्डले भाइ नारायण दाहाललाई नेकपाको प्रदेश ३ को पार्टी इन्चार्ज बनाएका छन भने बैनी ज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पताल सञ्चालक समितिको अध्यक्ष बनाएका छन्। उनी पनि सरकारी सुविधा उपभोग गरिरहेका छन्।

पछिल्लो समयमा भतिजो महेश दाहाललाई प्रचण्डले अष्ट्रेलियाका लागि राजदूत बनाएका छन्। संसदीय सुनवाइ समितिवाट पनि अनुमोदित भईसकेका महेश प्रचण्ड परिवारबाट सबैभन्दा पछि सरकारी सुविधा लिने व्यक्ति हुन्।

सरकारी सुबिधामा मात्रै होइन, प्रचण्डका परिवारका ५ जना केन्द्रीय समितिमा छन् । प्रचण्डसहित भाइ नारायण, छोरी रेणु, बुहारी बिना र सम्धीका ज्वाइँ चुडामणि खडका केन्द्रीय कमिटीमा छन्। बुहारी सिर्जना कास्की जिल्ला कमिटीमा छन् भने ज्वाइँ जीवन मोरङ जिल्ला कमिटीमा रहेका छन् ।

(साभार : नेपालन्युजअनलाईन)

शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.