जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता
कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको आरोप लागेको छ। गिरीकी कान्छी श्रीमती बताउने नेपालगञ्जकी सपना(नाम परिवर्तन) ले आफूमाथि जबरजस्ती करणी गर्दै भ्रूण हत्या गरेको आरोप लगाएकी हुन्।
झण्डै दुई वर्ष अघि विवाह गरेको बताउने सपनाले गिरीले आफूमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको भन्दै श्रेस्तेदार भुवन गिरी विरुद्ध जबरजस्ती करणी र भुर्ण हत्या गरेको मुद्दा परेको छ। गिरीविरुद्ध जबरजस्ती करणी र भ्रूर्ण हत्या गरेको भन्दै श्रेस्तेदार गिरीकी कान्छी श्रीमती बताउने नेपालगञ्जकी सपना( नाम परिवर्तन)ले मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
गिरीसंग सहमतीमै विवाह गरेको बताउने ती महिलाले आफ्नो प्रजनन अधिकारमाथि प्रहार भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको बताईन्। तर जिल्ला अदालतका श्रेस्तेदार गिरीले भने सपनाले भने जस्तो जबरजस्ती करणी र भ्रूर्ण हत्या गरेको कुरामा सत्यता नभएको प्रतिक्रिया दिएका छन्।
उनले आफूहरु बिच समान्य पारिवारिक विमेल रहेपनि सपनाले भनेजस्तो नभएको बताए। तर सपनाले भने गिरीले आफूमाथि जबरजस्ती करणी र कुटपिट जस्ता घरेलु हिंसा पनि गरेको बताउँदै आएकी छन्। उनले गिरीले सुसाईट नोट लेखेर पेटमा भएको शिशु नफालेमा आत्महत्या गर्ने भन्दै भ्रूण हत्या गराएको आरोप पनि लगाएकी छन्।
यस्तो छ दर्ता भएको उजुरी :

