धनगढी, ३ कार्तिक
कैलालीको धनगढी उपमहानगर पालिका–१४ फुलबारीमा गाइ काटेर खाएको अभियोगमा तिन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गत असोज ३० गते स्थानिय राम कृष्ण चौलागाईको घर गोठमा बाधेको गाई चोरी जनकल्याण सामुदायिक वन भित्र काटेर खाएको अभियोगमा धनगढी उपमहानगरपालिका –१४ फुलबारी एचगाउँ बस्ने ४५ बर्षिय अशोक तामाङ र १२ र १४ बर्षका २ जना नावालक लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता दक्ष कुमार बस्नेतले बताए ।
पक्राउ परेका अन्य दुइ नाबालकको नाम भने खुलाइएको छैन । गाइ काटिएको भन्ने सुचना पाउनासाथ खटिएको प्रहरी टोलीले सामुदायिक वन भित्र गार्ई काटी मासु लगेर घरमा लगिरहेको अवस्थामा तिनै जनालाई पक्राउ गरीएको उहाँले वताउनुभयो । उनिहरुको साथबाट काट्न प्रयोग गरेको बन्चरो,हसिया, गंडसा पनि बरामद गरीएको प्रहरीले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।