• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा दर्जनौ पुलको निर्माण अलपत्र

सुदूरपश्चिम प्रदेशमा दर्जनौ पुलको निर्माण बर्षौदेखि अलपत्र परेको छ। प्रदेशमा दशक अगाडी निर्माण सुरु गरिएका पुलका योजना र केही बर्ष अगाडी मात्रै निर्माण सुरु गरिएका योजना समेत विभिन्न कारणले अलपत्र परेका हुन्।

निर्माण व्यवसायीको लापरवाही, निर्माण अघिका प्रक्रिया पुरा नगरी शिलान्यासमा हतार गर्नु, बजेट अभाव र आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको निकायको उदासिनताका कारण दर्जनौ पुलका योजनाको निर्माण अलपत्र परेको हो।

पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर हेर्दै आएको सडक डिभिजन कार्यालय कञ्चनपुरको मातहतमा अहिले ४० बढि पुलको निर्माण भईरहेको छ। ति मध्ये केही पुल भने दशक अगाडी नै निर्माण सुरु गरिएका पनि छन्।

तर अधिकासं पुलको निर्माण गति भने निकै सुस्त रहेको छ। यद्यपी यो मंसिर भित्रै १५ वटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय महेन्द्रंनगरका प्रमुख अर्जुनकुमार बमले बताए।

‘पुलको योजना ल्याउन र शिलान्यास गर्न नेतारुहरुले हतार गर्ने र कर्मचारीलाई दवाव दिने गरेका छन्,’ उनले भने, ‘कतिपय स्थानतमा त डिजायन स्टीमेट विना नै पुलको शिलान्यास गरिदिने परिपाटी पनि छ। निर्माण अघिका प्रक्रिया पुरा नगर्दै पुलको निर्माण सुरु गर्दा समस्या भईरहेको छ।’

सडक डिभिजन कार्यालय डोटीले पनि नयाँ १० र पुराना १० गरि २० वटा पुलका योजना कार्यान्वयन गर्दै आएको छ। पुलको शिलान्यास गर्दा नेताहरु पनि निकै जागरुक भएका थिए तर अहिले अधिकासं पुलको निर्माण अलपत्र परेको अवस्थामा कुनै पनि निकायलाई चाँसो छैन्।

कुनै योजनामा भने ठेकेदारको लापरवाही देखिएको सडक डिभिजन कार्यालय डोटीका प्रमुख बलीराज मल्लले बताए। कुनै योजनामा स्वयम योजना कार्यान्वयन गर्ने निकायको पनि कमजोरी देखिएको उनले स्विकार गरे। प्राविधिक कर्मचारीको अभाव हुँदा समेत समस्या भईरहेको उनले बताए।

सडक डिभिजन कार्यालय बैतडी र अछामको जिम्मा पनि दर्जनौ पुलको निमाण गर्नुपर्ने रहेको छ। पहाडी जिल्लामा अधिकासं पुलको निर्माण बर्षौ अगाडी सुरु भएर निर्माण अवधी पनि सकिएको छ भने पटक–पटक म्याद थप पनि गरिएको छ। तर पुलको निर्माण गति सुधार हुन सकेको छैन्।

पुल निर्माण सुरु भएको दशक वितिसक्दा समेत सम्पन्न नभएपछि धेरैले तिनै खोला र नदी तर्दा ज्यान गुमाईसकेका छन्। कतिपय स्थानमा बर्षातमा आवतजावत नै रोकिने गरेको छ। तर शिलान्यास गर्न हतार गर्ने यस क्षेत्रका नेताहरुको पुल निर्माण अलपत्र परेको विषयमा भने चाँसो छैन्।

शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.