रंगप्रसाद तिमिल्सैना
लम्की असोज ३०
कैलाली जिल्लाको सुखडमा विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धि ३ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।
मोहन्याल गाउँपालिकाको आयोजना तथा वातावरण समन्वय समिति कैलाली र पानी परियोजनाको प्राविधिक सहयोगमा गाउँपालिका स्तरीय विपद व्यवस्थापन तथा जलवायु परिवर्तन उत्थानशील समितिका पदाधिकारीहरुका लागि तालिमको आयोजना गरिएको हो ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको सभापतित्वमा भएको तालिम समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय साङ्सद रतन थापा रहनुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै प्रमुख अतिथि थापाले स्थानीय स्तरमा विपद व्यवस्थापन सम्बन्धि योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्ने बताउदै विकास निर्माण तथा भौतिक संरचना निर्माण गर्दा समेत ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।
तालिम समापन कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर रावत, सहभागीहरुको तर्फबाट मोहन्याल गाउँपालिकाका उपाध्यक्ष पुजा बुढा मगर र मोहन्याल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष देविदत्त उपाध्यायले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सुखडका प्रमुख धन प्रकाश जोशी, इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्ट , मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना लगायतकाको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण पानी परियोजनाका विशेषज्ञ गजेन्द्र सिंह , वातावरण समन्वय समिति कैलालीका अध्यक्ष लोकराज जोशी, कार्यक्रम संयोजक गोमती जोशीले गर्नुभएको थियो ।
तालिममा संकटासन्नता तथा क्षमता विश्लेषण र स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धि जानकारी गराइएको वातावरण समन्वय समिति कैलालीका फोकल पर्सन मार्कण्डेय उपाध्यायले जानकारी दिनुभएको छ ।
तालिममा मोहन्याल गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष, राजनीतिक दलका पार्टी प्रतिनिधि , सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वमसेवक गरि ३० जनाको सहभागिता रहेको थियो ।
विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा क्षमता विकास तालिम सम्पन्न
विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा क्षमता विकास तालिम सम्पन्न