धनगढी,११ असोज
धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधीहरुका लागि आयोजित ४ दिने सुशासन तथा संस्थागत विश्लेषण तालिम शनिवार सम्पन्न भएको छ ।
सुशासनलाई प्रवद्र्धन गर्नका लागि धनगढी उप–महानगरपालिकाले वडाका जनप्रतिनिधीहरुका लागि तालिमको आयोजना गरिएको हो । यस अघि यही तालिम उप–महानगरपालिकाका बिभागिय प्रमुखहरुलाई पनि दिईएको थियो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको योजना तर्जुमा प्रकृया, योजनाको निर्माण तथा कार्यान्वयन, अनुगमनलाई प्रभावकारी बनाउन यो तालिमबाट सहयोग पुग्ने बताईन । जनप्रतिनिधीहरुको ब्यावहार र जिवनशैलीमा समेत तालिमले परिवर्तन ल्याउन सक्ने तालिममा सबै जनप्रतिनिधीहरु सहभागि भएकाछौं उप–प्रमुख भट्टले भनिन् , यसलाई ब्यावहारमा उर्तान सबैमा अनुरोध गर्दछु ।
सुशासनको अभ्यास आफैबाट सुरु गर्न थाल्नुपर्छ धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले धनगढी उप–महानगरपालिकाको कार्यसम्पादनलाई थप पारदर्शि, जवाफदेहि र उत्तरदायी बनाउन सहयोग पुग्ने छ । तालिमको प्रशिक्षक चन्द्रकान्त अधिकारी थिए । उनि बेलायतमा सुशासनका क्षेत्रका विज्ञको रुपमा काम गर्दछन् । यो स्तरको तालिम धनगढीका पहिलो पटक आयोजना गरिएको आन्तरिक लेखा परिक्षण अधिकृत लेखनाथ ओझाले बताए ।
जनप्रतिनिधीलाई सुशासन तथा संस्थागत विश्लेषण तालिम
जनप्रतिनिधीलाई सुशासन तथा संस्थागत विश्लेषण तालिम