धनगढी, ४ असोज
नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अन्तरगत शनिवार धनगढी उप–महानगरपालिकामा आफ्नो पार्टिबाट निर्वाचित जनप्रतिनिधीहरु संग छलफल गरिएको छ ।
धनगढी स्थीत बिपी स्मृती भवनमा भएको छलफल कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरु, वडाका सभापतीहरु र स्थानीयतहको निर्वाचनमा पार्टीले उम्मेदबार उठाएका तर पराजित भएका ब्यक्तिहरुको उपस्थीति रहेको थियो । राष्ट्रिय जागरण अभियान कैलाली क्षेत्र नं ५ (ख) का केन्द्रिय प्रतिनिधी मेघराज खड्काका अनुसार राष्ट्रिय जागरण अभियानको उदेश्य अनुरुप नै स्थानीयतहका जनप्रतिनिधीहरु संग छलफल गरिएको हो । केन्द्रिय प्रतिनिधी खड्काले छलफल फलदायी भएको बताए ।
जनप्रतिनिधीहरु र पार्टीबिचको अन्तरक्रिया महत्वपूर्ण हुन्छ नेपाली कांग्रेसका नेता सुनिल कुमार भण्डारीले भने, जनप्रतिनिधीहरुले राम्रो सुझाव ग्रहण गर्न पाएका छन् । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आएका सुझावहरुलाई सम्पतीको रुपमा ग्रहण गरिने बताए । नगरप्रमुख वडले पार्टी र उक्त पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु बिचको अन्तरक्रिया निरन्तर हुनुपर्ने बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले स्थानीय जनप्रतिनिधी र पार्टी बिचको अन्तरसम्वाद आवश्यक भएको बताईन । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, पार्टीका वडा स्तरका नेताहरुले पनि धारणा राखेका थिए । कार्यक्रम कैलाली क्षेत्र नं ५ (ख) का सभापती कुम्भराज गिरिको सभापतीत्वमा भएको थियो ।
स्थानीयतहका जनप्रतिनिधी संग छलफल
स्थानीयतहका जनप्रतिनिधी संग छलफल