धनगढी, ३ असोज ।
धनगढीका एक यूवाले आफ्नो जन्मोत्सवका अबसरमा बृक्षारोपण गरेका छन ।
धनगढी उपमहानगरपालीका वडा नं १३ निवासी तथा धनगढी स्थीत स्ट्रिट फुड कर्नरका संचालक युवा उद्यमी रचित शाह ठकुरीले आफ्नो २६ औ जन्मोत्सवको अवसरमा बृक्षारोपण गरेका हुन ।
उनले वडा नं १३ कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवा रोपेर जन्मदिन मनाएका छन् ।
युवा माझ लोकप्रिय रचित शाह विभिन्न सामाजिक कार्यमा पनि संलग्न रहदै आएका छन् ।
