धनगढी,२८ भाद्र
पूर्खेउली घर डोटीको गडसेरामा भई हाल कैलालीमा बसोवास गर्दै आएकाहरुको संस्था सृजनशिल गडसेरा समाजको प्रथम साधारणसभा शनिवार धनगढीमा सम्पन्न भएको छ ।
अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधीवेशनको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले जिल्लाको सबैतिर छरिएर रहेका गडेरीहरुलाई बटुल्न सकेमा सबैको संस्थाप्रती अपनत्व हुने बताईन । गडसेरीका बिपन्न , गरिव र जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि अक्षयकोष स्थापना गर्न म सहयोग गर्ने छु उप–प्रमुख भट्टले भनिन् , गडसेरा संग मेरो भावनात्मक सम्वन्ध जोडिएको छ ।
उप–प्रमुख भट्टले गडसेरा राजनितिक, शैक्षिक र सांस्कृतीक रुपले पहिचान कमाएको क्षेत्र भएको बताउदै उप–प्रमुख भट्टले भनिन्, स्वर्गिय नेता शिद्धराज ओझा र टेक बहादुर चोखालको जन्मभूमी गडसेरा हो । बर्तमान नेता लेखराज भट्टको जन्मभूमी पनि गडसेरा नै भएको बताउदै उप–प्रमुख भट्टले भनिन्, भट्टले देशभरीमा नै आफुनो पहिचान बनाउन सकेका छन् । उनले आफ्नो ठाउँको कुनैपनि मान्छे अगाडी बढ्न खोज्दा सहयोग गर्नुपर्ने बताईन ।
कैलालीमा बस्ने गडसेरीहरुले धनगढीमा संस्था स्थापना गरेका गडसेराको कलासंस्कृतीको संरक्षण,अप्ठेरोमा परेकालाई सहयोग गर्ने, पहाड र तराई बिचको सम्पर्कलाई बलियो बनाउने गरि कार्यक्रम गरिरहेको हुन्छ ।