धनगढी, २५ भदौं- धनगढी उप–महानगरपालिका वडा नं १० घुईयाघाटमा रहेको एक अति बिपन्न परिवारलाई बुधवार जस्तापाता हस्तान्तरण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र वडा अध्यक्ष राजेन्द्र रानाले बरिया रानाको घर छाउनका लागि जस्तापाता हस्तान्तरण गरेका हुन । जेठ २३ गतेको हावाहुरीले बरिया रानाको घरको छाना उडाएको थियो ।
बरिया रानाको घरको छाना छाउनका लागि अमेरीका बसोबास गर्दै आएका धनगढीका यूवा प्रकाश शाहले सहयोग गरेका हुन । प्रकाश र उनका साथीहरुले ३४ हजार नेपाली रुपियाँ पठाएका थिए । त्यस मध्य ५ हजार रुपियाँ बाजुरामा एकजना बिरामी महिलाका लागि पठाईएको पत्रकार दिर्घराज उपाध्यायले बताए । पत्रकार उपाध्यायका बाँकी रकमले छानो छाउनका लागि २६ वटा १२ फिटका जस्ता, किलाकटा र धुरी खरिद गरेर हस्तान्तरण गरिएको हो ।
अपुग रकम आफुले ब्यहोर्ने पनि पत्रकार उपाध्यायले बताए । बरियाको छोरा मुटुरोगी छन् । श्रीमती पनि बिरामी अएका राना आफु पनि शारिरिक रुपमा अशक्त छन् ।