• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकाली करिडोर कछुवा गतिमा

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म निर्माण हुने भनिएको ‘महाकाली करिडोर’ कछुवाको गतिमा छ । आर्थिक वर्ष ०६५र६६ बाट उत्तर–दक्षिण जोड्ने त्रिदेशीय नाकाका रूपमा महाकाली करिडोर विस्तार गर्ने उद्देश्यका साथ काम अघि बढाइए पनि कञ्चनपुरमा भने अझै काम अघि बढेको छैन । वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन  नहुँदा कञ्चनपुरको ब्रह्मदेव खण्डमा कुनै पनि काम भएको छैन । दशक बितिसक्दा पनि भारत जोड्ने तराईको खण्डमा काम नभएपछि महाकाली करिडोरले गति लिन नसकेको हो ।

करिडोरको ट्रयाक खोल्नका लागि दार्चुला, बैतडी र डडेल्धुरामा केही काम अघि बढे पनि कञ्चनपुरमा भने चालू आर्थिक वर्षको भदौ तेस्रो सातासम्म कुनै पनि काम भएको छैन ।

महाकाली करिडोर दार्चुला तिंकर सडकखण्डका सबइन्जिनियर रुबिन भुसालले कञ्चनपुरमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबनेका कारण काम सुरु नभएको बताए । सबइन्जिनियर भुसालले आर्थिक वर्ष ०७३र७४ मा ७१ किलोमिटर ट्रयाक खोलिएको बताए । उनका अनुसार दार्चुलामा २०, बैतडी ३९ र डडेल्धुरामा १२ किलोमिटर ट्रयाक खोलिएको छ । लामा चन्द्र एन्ड वसन्ता जेभी निर्माण कम्पनीले ५६ करोड ठेक्कामा तीन जिल्लामा ट्रयाक खोलेको थियो । सबइन्जिनियर भुसालले जंगल क्षेत्रबाहेकको सडकखण्डमा ट्रयाक खोलिएको बताए ।

ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्म कुल दुई सय ९१ किलोमिटर सडक खण्डमध्ये दुई सय ५४ किलोमिटर सडकखण्डको ट्र्याक खोल्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

जिमोसिई एन्ड युनिक कन्सलटेन्सीले महाकाली करिडोरको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउँदै छ । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबारे सरोकारवालासँग छलफलसमेत गरेको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका सरोकारवाला निकायसँग छलफल गरिएको हो । छलफलमा सहभागीले कमभन्दा कम वातावरण विनाश हुने गरी त्रिदेशीय नाका खोल्नुपर्नेमा माग अघि सारेका छन् । बैतडीको पञ्चेश्वर विकास प्राधिकरण बन्ने स्थानबाट पूर्वी दोगेडाकेदार गाउँ भीमदत्त लोकमार्ग हुँदै पुन दार्चुलाको महाकाली तिरैतिर सडक लगिएको छ । भारत, कञ्चनपुरको महेन्द्रनगर–टनकपुर जोड्ने लिंकरोडको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर त्रिदेशीय नाकासम्म महाकाली करिडोर जोडिनेछ । खलंगा–तिंकर सडकखण्डको ट्र्याक खोल्ने कामसमेत भइरहेको छ । त्रिदेशीय नाका विस्तारसँगै सुदूरपश्चिमको व्यापार तथा पर्यटकीय विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।

पाँच हजार रूख काटिँदै
वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक अध्ययनअनुसार करिब चार सय ४३ परिवार विस्थापित हुँदै छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट विस्थापित हुने स्थानीयको अध्ययन भइरहेको छ । करिब पाँच सयभन्दा बढी स्थानीय विस्थापित हुने अनुमान गरिएको छ ।

जिमोसिई एन्ड युनिक कन्सलटेन्सीले गरेको अध्ययनअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा ५४, डडेल्धुराको परशुराम नगरपालिकामा ५५, भाग्येश्वर गाउँपालिकामा चार, बैतडीको शिवनाथ गाउँपालिकामा २१, दशरथचन्द नगरपालिकामा २७, दोगेडाकेदार गाउँपालिकामा ७५ र दार्चुलाको लेकम गाउँपालिकामा दुई, महाकाली गाउँपालिकामा १३ र महाकाली नगरपालिकामा दुई सय १० परिवार विस्थापित हुँदै छन् । विस्थापितको पुनर्वाससँगै सामाजिक, सांस्कृतिक विषयमा पर्ने प्रभावलाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

शनिबार, भदौ २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.