१५ भदौ, २०७६
आजका पत्रपत्रिकामा एउटै ऋणीका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले एउटै ऋणका १९ तमसुक शिर्षकमा प्रमुख समाचार लेखेको छ । समाचार अनुसार पशुपति मन्दिरमा सर्लाही हरिपुरकी रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत न नरिवल चढायव ।’ यसरी न्यायाको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो । तर उनको पुकार पुरा भएको छैन ।
त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर व्याजपीडित ५३ जनासँग फेरि काठमाडौ आइन् । माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् । शुक्रबार सिंहदरबार गएर गृहमन्त्री रामबहादुर थापालाई भेटिन् । सरकार हाकिरहेका दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि याचना गरेकी छिन् ।तै पनि उनका आँखा ओभाएका छैनन् । नागरिक दैनिकमा र्गा राजनीति शिर्षकमा प्रमुख समाचार प्रकाशित छ । भीरमा खसाल्नु ‘अपराध’ शिर्षकमा प्रमुख समाचार छ । कारोबार आर्थिक दैनिकले बारामा दशकदेखि जग्गाको कीर्ते व्यापार शिर्षकमा समाचार लेखेको छ ।
