भ्रष्टाचार विरुद्धको अभियान ७६ अन्तरगत आज धनगढीमा पनि कार्यक्रम भएको छ। नेपालका लागि नेपाली नागरिक अभियान धनगढीको आयोजनामा भ्रष्टाचार विरुद्धको अभयिान अन्तरगत कार्यक्रम गरिएको हो।
कार्यक्रम अन्तरगत धनगढीको ट्राफिक चौराहबाट सुरु भएका ¥याली पार्कमोडमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई नेपालका लागि नेपालीका संयोजक बरिष्ठ अधिवक्ता तथा प्राध्यापक डाक्टर सुरेन्द्र भण्डारी, अभियान्ता डाक्टर प्रेमसिह बस्न्याल, ज्ञानेन्द्र शाही लगायतका भ्रष्टाचार विरुद्धको अभियानका अभियान्ताहरुले संवोधन गरेका थिए।
उनीहरुले हिन्दु धर्म कायम गर्नुपर्ने, सबै प्रकारका भ्रष्टाचार बन्द हुनुपर्ने, पञ्चायतकालदेखि हाल सम्म लाभको पदमा बसेकाहरुको सम्पत्ति छानविन गरि राष्ट्रियकरण हुनुपर्ने माग पनि राखेका छन्। शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु नि :शुल्क उपभोग गर्न पाउने माग पनि अभियान्ताहरुले माग गरेका छन्।