लोकबहादुर देउवा
लम्की, २३ साउन
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको लालि गुराउँस ग्रामिण विद्युत सहकारी संस्थामा उपभोक्ताले अनिश्चीतकालिन तालाबन्दी गरेका छन ।
संस्थाको सम्पन्नं बाह्रो साधारण सभाले कार्यसमितिलाई दिएको म्याण्डेट लत्याउदै नयाँ कर्मचारी राखेपछि उपभोक्ताले संस्थाको कार्यालयमा अनिश्चत कालिन तालाबन्दी गरेको उपभोक्ता जुगराम चौधरीले जानकारी दिनु भएको छ । संस्थाको साधारण सभामा भएको निर्णयलाई उल्टाउदै कार्य समिति आफ्नै मनोमर्जिले चलिरहेको स्थानिय उपभोक्ताको आरोप छ ।
संस्थाको नियम र उपभोक्ताहरुले साधारण सभा मार्फत दिएको म्याण्डेट बिपरित कार्य समितिले काम गरी रहेको भन्दै आफुमर्जि गरीएको निर्णय र्फिता नलिए सम्म ताला नखोलीने उपभोक्ताले बताएको जानकारी दिनु भएको छ ।
