कैलाली ११ श्रावण/ नेपाली लोक संस्कृतीको संरक्षण, सम्बद्र्धन एवम प्रसार प्रसार गर्ने उद्देश्यका साथ भाद्र ७ गते देखी “सुदूरपश्चिम गौरा महोत्सव २०७६” आयोजना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृती भेषभुषा रहनसहनको प्रचार प्रसार एव्म पछिल्लो पुस्तालाई गौरा प्रती आर्कषण बढाउन् महोत्सवको आयोजना हुने भएको छ ।
महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगिता, नौ वटै जिल्लाका सांस्कृतिक झाँकी प्रर्दशन, लोक बाजाहरुको प्रर्दशन, नौ जिल्लाकै कलाकारहरुको लोक नृत्य तथा गायन कार्यक्रम, बाल प्रतिभा प्रबद्र्धन लगाएत लोक संस्कृतिका क्षेत्रमा जीवन समर्पण गरेका अग्रज स्रष्टाहरुलाई सम्मान कार्यक्रम रहेको चौथो सुदूरपश्चिम गौरा महोत्सव २०७६ मुल आयोजक समितिका संयोजक सुरत रावत (डोटेली कान्छा) ले जानकारी दिए ।
कार्यक्रममा नौ ओटै जिल्लाका लोक सास्कृतीक क्षेत्रमा लागेका कलाकारहरुलाई सहभागी गराईने उनले बताए । महोत्सव ओजनाको लागी निजी तथा प्रदेश र स्थानिय सरकारबाट सहयोगको लागी आह्वान गरेको उनले बताए । महोत्सव भाद्र ७ देखीसुरु भएर ९ गते समम्म धनगढीको खुल्लामञ्च (पुरानो एयरपोर्ट) मा आयोजना लाग्ने छ ।