धनगढी ७ साउन– नेपाल महिला संघ कैलालीले ३७ औ बिपी स्मृती दिबसको अबसरमा मंगलबार धनगढीमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । धनगढीको पार्क चौकमा उक्त दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावल रहनुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अम्बी थापा, धनगढी उपमहानगरपालीका मेयर नृपबहादुर वड, उपमेयर शुसिला भट्ट मिश्र लगाएतका नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव शारदा सुनाम गरेकी थिईन् । कार्यक्रममा बक्ताहरुले बिपीको बिचार, चिन्तन र नेपाली राजनीतिमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।








