धनगढी,९ असार
धनगढी उप–महानगरपालिका भित्र रहेका माध्यमिकतहका वालबालिकाहरुलाई सोमबार देखि दुब्र्यशन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण दिन थालिएको छ ।
उप–महानगरको उप–मेयर संग किशोर किशोरी कार्यक्रम अन्तरगत ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) धनगढीले अभिमूखीकरणको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख नृपबहादुर वडले किशोर किशोरीहरु अभिभावकहरुका मात्रै नभएर देशको भविष्य तथा सपना भएको बताए ।
किशोर किशोरीहरुले दुब्र्यन, प्रजनन् स्वास्थ्यका बिषयमा जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो नगरप्रमुख वडले भने, यी बिषयमा जानकारी नभएका कारण कैयोन किशोर किशोरीहरुको भविष्य नै संकट पर्ने गरेको छ ।
हरेक समाजको सम्वाहक किशोर किशोरी नै भएकाले समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिन समेत नगरप्रमुखले किशोर किशोरीहरु संग आग्रह गरे । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले किशोर किशोरी नै भबिष्यका कर्णधार भएको बताईन ।
यो देश हाक्ने जिम्मेवारी भोली तपाईहरुको काँधमा आउँछ उप–प्रमुख भट्टले भनिन्, भविष्य सुन्दर बनाउनका लागि अहिले नै सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्छ । धनगढी उप–महानगरपालिकाले आगामी आर्थिक बर्षमा पनि किशोर किशोरी संग उप–मेयर कार्यक्रमले निरन्तरता पाउने उप–प्रमुख भट्टले बताईन ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीका अध्यक्ष ममता शाहले किशोर किशोरी अबस्था भनेको महत्वपूर्ण अवस्था भएको बताईन । किशोर किशोरी अबस्थामा गरेको गल्तीका कारण जिवनभरी पश्ताचाप गर्न नपरोस, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण दिन थालिएको बताईन ।
अभिमुखीकरणमा बिभिन्न विद्यालयका ५० जना भन्दा बढी किशोर किशोरी सहभागि रहेको कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिईन् । कार्यक्रमको संचालन सचिव सुनिता रानाले गरेको संचालन गरेकी थिईन् ।