• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

रिस व्यवस्थापनः आफूलाई वशमा राख्ने ५ तरिका

  • प्रा.डा.सुदर्शन नरसिंह प्रधान
समाजमा सम्मानित र राम्रो व्यक्ति कहलिनको लागि मानिसले धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । त्यसमा पनि ख्याल नगरी नहुने कुरा हो– रिस । मानिसले हरेक काम, व्यवसाय र गतिविधिमा रिसलाई आफ्नो वशमा राखिएन भने असफलता मिल्ने निश्चित छ । कार्यालय वा व्यवसायिक स्थलमा असहयोगी बढ्न सक्छन् । त्यसपछि मानिस असफल पनि हुन सक्छ । विस्तारै यो असफलताले मानिस निरासातर्फ पनि जान सक्छ । अतः मानिसले रिसलाई वशमा राख्ने तरिकाबारे ध्यान पुर्‍याउनु जरुरी छ । परापूर्वकालदेखि रिसलाई मानिसको ‘पहिलो शत्रु’का रूपमा चित्रित गरिँदै आएको पाइन्छ ।

‘बुद्ध वचन’मा भनिएको छ, ‘मानिसको सबैभन्दा ठूलो शत्रु भनेको क्रोध हो ।’

वास्तवमा अहिलेसम्म पनि यो भनाई सत्यता र यथार्थमा आधारित छ । रिस र क्रोध प्रकट गर्ने  मानिसलाई राम्रो व्यक्तित्वमा गन्न सकिँदैन । ब्रह्मले जब मान्छेको सृजना ग¥यो सोही बेला नै मान्छेमा हात, मुख, खुट्टा, मुख, कान, दिमागको सृजनासँगै रिस पनि मिसाएर पठाउनु भयो । कुनै बेला स–सानो रिस फाइदाजनक पनि हुन सक्छ, जस्तोः स–सानो काम बिग्रिँदा सानोतिना रिसले पछि त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाउन सहयोग मिल्छ, केही हदसम्म काममा सफलता पाउन पनि सकिन्छ ।

प्रायःजसो धेरैजसो मानिसले सोच्ने गर्छन्– रिसाउनु मानसिक रोगको लक्षण हो । रिसाउनेबित्तिकै नै मानसिक रोगी हुन्छ भन्ने मान्यता गलत छ । रिसाउने विभिन्न कारण हुनसक्छन् । मानिस किन रिसाइरहेको छ भन्ने कुरा ख्याल गरेर मात्र मानसिक रोगी हो कि होइन भन्न सकिन्छ । मानिस जेसुकै कारणले रिसाएको भए पनि धेरै हदसम्म रिसाउनु राम्रो होइन । यसले  व्यक्तिको निजी जिन्दगीलाई असर गरिरहेको हुन्छ । त्यो एक किसिमको मानसिक रोगको लक्षण पनि हुन सक्छ ।

कुनै घटना र कारणवश रिसाउने अवस्था आएमा तत्काल एकान्तमा बस्नुपर्छ । त्यसपछि लामोलामो श्वास लिने र छोड्ने (५ सेकेण्डसम्म लिने र ५ सेकेण्डसम्म छोड्ने) । यस्तो क्रम करिब १०–१५ पटकसम्म गर्नुपर्छ । यसो गर्नासाथ आफ्नो ध्यान श्वासप्रश्वासमा केन्द्रित हुन जान्छ र रिसलाई अर्कैतिर मोड्न सकिन्छ ।

मानिस रिसको आवेगमा आएपछि कुनै अवस्थामा घरको सामानको तोडफोड गर्न थाल्छ, जस्तोः टिभी तथा मोबाइल फुटाउने, टेबुल–कुर्सी भाच्ने । मानिस एवं रूपले आफन्त र साथीभाइलाई (साथी, भाइ, दिदीबहिनी, आमा– बुबा) कुटपिटसम्ममा उत्रने गरेको पाइन्छ, जसले गर्दा परिवार, समाज र कार्यालयमा उसप्रति हेर्ने दृष्टिकोण नै फरक पर्ने हुन्छ । यसले गर्दा पछिसम्म परिवार, समाज र कार्यालयका मानिसमा सम्बन्धमा ठूलो दरार उत्पन्न भइरहने हुन्छ । यसबाट उसले समाजमा एक्लो महसुस गर्नुपर्ने पनि हुनसक्छ । अतः रिसलाई आफैले  व्यवस्थापन गर्न सकियो भने धेरै कुरामा सुरक्षित हुन सकिन्छ ।

रिसलाई व्यवस्थापन गर्ने तरिकाः

रिस पहिचान गर्नु ः

मानिसलाई कुनै कारणवश एक्कासि रिस उठ्न सक्छ । कतिपय मानिसलाई रिस उठेको थाहा नहुन सक्छ । कुनै कारणवश झोकमा कराउनु पर्ने अवस्था आउन सक्छ । त्यस्तो आउनेबित्तिकै तत्काल त्यो ठाउँ परिवर्तन गर्नुपर्छ । प्रायःजसो रिस आउनुअघि शरीर तातेको तथा आवाज निकालेर बोलेको जस्तो अनुभव हुनसक्छ । यसलाई रिस उठेको  लक्षणका रूपमा पहिचान गर्न सकिन्छ ।

एकान्तमा बस्नेः

कुनै घटना र कारणवश रिसाउने अवस्था आएमा तत्काल एकान्तमा बस्नुपर्छ । त्यसपछि लामोलामो श्वास लिने र छोड्ने (५ सेकेण्डसम्म लिने र ५ सेकेण्डसम्म छोड्ने) । यस्तो क्रम करिब १०–१५ पटकसम्म गर्नुपर्छ । यसो गर्नासाथ आफ्नो ध्यान श्वासप्रश्वासमा केन्द्रित हुन जान्छ र रिसलाई अर्कैतिर मोड्न सकिन्छ ।

रिसाएको अवस्थालाई मनन गर्नेः

रिस उठेपछि जब शान्त भइन्छ, तब रिसाएको अवस्थालाई मनन गरेर केलाउने । कुन अवस्थामा आफूले रिस गरेको रहेछु ? उक्त अवस्थाको मनन गर्ने अर्थात् थाहा पाउने । त्यस्तो अवस्था फेरि आइपरेमा सहज रूपमा लिने मात्र नभई आफूले रिसलाई कसरी नियन्त्रणमा लिने भन्ने कुरामा मद्दत पुग्ने गर्छ ।

वाचा गर्नेः

जब आफ्नो रिस शान्त हुन्छ तब आफूले गरेको रिस र आवेगका कारण के–के समस्या आए, त्यसलाई केलाउने, जस्तैः को–कोसँग सम्बन्ध बिग्रियो ? मोबाइल, टिभी लगायतका सामान फुटाइएको छ भने कति हानी नोक्सानी भयो ? परिवारमा के–के हानी नोक्सानी पुग्यो ? त्यसको पहिचान गर्ने र अब उप्रान्त त्यस्तो कार्य नगर्ने आफैसँग वाचा गर्ने ।

मन परेको कुरा कल्पना गर्नेः

रिसाएर एकान्त बसेको बेलामा ध्यान मुद्रामा बस्नु उपयुक्त हुन्छ । त्यो बेला आफूलाई मन पर्ने कुराको कल्पना गर्नु फलदायी हुन्छ, जस्तोः समुद्र मन पर्नेले शान्त समुद्रको किनारमा आफूले पानीसँग खेलेको कल्पना गर्ने । हिमाल मन पर्नेले आफूलाई मन परेको हिमालको कल्पना गर्ने । बच्चाको हाँसेको अनुहार मन पर्नेले मन परेको बच्चा हाँसेको अनुहारको सम्झना गर्ने ।
यसले मनलाई आनन्दित बनाउँछ ।

यी विधि अपनाउन सकियो भने तत्कालै रिसको व्यवस्थापन गर्न सकिन्छ । र, रिसबाट बिग्रने सम्बन्ध र सरसमानको क्षतिबाट बच्न सकिन्छ ।

सोमबार, असार ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.