नेपाल विद्युत प्राधिकरण र उपमहानगरपालिका कार्यालयको उदासिनताको कारण विच सडकमा ढलेका पोल नहटाईदा समस्या भएको नगरवासीले गुनासो गरेका छन्। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले भने सडक क्षेत्रमा परेका रुख र पोल हटाउदै आवागमनलाई सहज बनाउने जिम्मेवारी उपमहानगरपालिकाको भएको बताए।
उनले आफ्नो जनशक्ति विद्युत लाईन मर्मत सम्भार र पोल गाड्ने काममा खटिएकाले विच सडकमा परेका पोल हटाउन नसकिएको जनाए। जिल्लाा प्रशासन कार्यालयमा बसको विपद् व्यवस्थापन समितिको बैठकले सडक क्षेत्रमा परेका पोल र रुख हटाउन जिम्मा नगरपालिकालाई दिईएको यादवले बताए। यता धनगढी उपमहानगरपालिकाले भने एउटै जेसिबी भएकाले समस्या भइरहेको जनाएको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले सडकमा परेका रुख तथा पोलहरु हटाउने काम जारी रहेपनि जेसिबी एउटै हुँदा समस्या भइरहेको बताए।