धनगढी, २४ जेठ,
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाईतेहरुको उपचार र क्षतिको बिवरण संकलन गरी क्षतिपुर्ती यथासिघ्र चाडो व्यबस्था गरी जनतालाई राहत दिन सरकार संग माग गरेको छ ।
शुक्रबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता, डा. रणबहादुर रावलले बिज्ञप्ती प्रकाशित गरी जेठ २३ गते राती कैलाली कञ्चनपुर लगाएत बिभिन्न क्षेत्रमा आएको बिनाशकारी हावाहुरीले ठुलो धनजनको क्षति प्रति दुख समेत व्यक्त गरेको छ । बिज्ञप्तमा बिनासकारी हावाहुरीमा परेर ज्यान गुमाएकाहरु लहानु चौधरी, बिरबहादुर चौधरी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
भर्खरै बारा र पर्सामा घटना हामी समक्ष सर्बबितितै थियो । सोही घटनाबाट पाठ सिक्दै संघिय सरकार र प्रदेश सरकारले मौसम पुर्वअनुमान सम्बन्धीमा गम्भीर नहुनु र सरकार संग पुर्वअनुमान गर्ने सामर्थ नभएपनि छिमेकी राष्ट्रसंग सहयोग मार्फत मौसमको पुर्वअनुमानको प्रक्षेपण गर्न नसक्नु पनि प्रदेश सरकार असफल भएकोमा गम्भीर लापरबाही भएको काग्रेसले ठहर गरेको छ ।
‘प्रदेश सरकार तथा संघिय सरकारले घाईतेहरुको उपचार र क्षतिको बिवरण संकलन गरी क्षतिपुर्ती यथासिघ्र चाडो व्यबस्था गरी जनतालाई राहत दिनपर्छ’– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रतिपक्ष दलको बिज्ञप्तीमा भनिएको छ–‘दुखद घडीमा विपदमा परेकाहरुको उद्धार, उपचार तथा पुनस्र्थापनमा जुटौ ।’