धनगढी २३ जेठ
धनगढीमा निशुल्क होटल सहायक तालिम सुरु भएको छ । किर्तिगंगा इन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी प्रालिले (केजिष्ट) तालिम सुरु गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसाययिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा ३ महिने तालिम सुरु भएको हो । तालिमको धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले नगरलाई अहिलेको शिक्षाले जनतालाई वेरोजगारी सिर्जना गरेकाले अवको व्यवसायिक शिक्षामा उपमहानगले जोड दिएको बताए ।
सीप नहुँदा धेरैलाई समस्या भएको स्मरण गदै मेयर वडले आफलाई जुनसकै सीप भए पनि पोख्त हुन आग्रह गरे । उनले व्यवसाय सञ्चालन गर्ने महिलाहरुका लागी ऋणको व्यवस्था गर्ने दावी गरे ।
कार्यक्रममा सुदूरपश्चिम एकेडेमीका अध्यक्ष योगेन्द्रबहादुर शाही रहनुभएको थियो । उहाले घरमै सिमीत महिलाहरुको आर्थिक विकासका लागी तालिम सञ्चालन गरिन लागेका बताए । तालिममा ४० जना महिलाहरुको सहभागीता छ ।
किर्तिगंगा इन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी प्रालिले (केजिष्ट)का प्रबन्ध निर्देशक सुबाष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन कार्यक्रम संयोजक गणेश शाहीले गरेका हुन् ।