- राजेन्द्र रावल
जेठ ७,बौनिया
बर्दगोरिया गाउपालिका वडा नम्बर ३ले बृद्ध, अपाङ्ग र एकल महिला हरुलाई झुल वितरण गरेको छ ।
मङ्गलबार वडा कार्यलयमा वडा अध्यक्ष करने सुनारको अध्यक्षतामा भएको कार्यक्रममा करिब ४ सय जना लाई झुल वितरण गरियको हो । आर्थिक बर्ष २०७५र७६ को लक्षित बर्ग अन्तरगतको कार्यक्रम बाट झुल वितरण कार्य गरियको वडा सचिव राम भजन चौधरीले जानकारी दिए ।
गर्मी याममा लामखुट्टे को बिगबिगि बडि हुने र झुल वितरण पश्चात जनताले थोरै भए पनि राहात पाउन भन्ने उद्धेश्यले वडा कार्यले झुल वितरण गरेको वडा अध्यक्ष करने सुनारले बताए । सुनारले आगामि बर्ष समेत आफ्नो वडामा लक्षित बर्ग अन्तरगतका विभिन्न कार्यक्रम हरुले निरन्तरता पाउने जानकारी दिए। कार्यक्रम को सञ्चालन वडा सदस्य टंक ओलीले गरेका थिय ।
