भजनी, १६ जेठ
कैलालीको भजनी नगरपालीकामा पहिलो पटक मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक भजनी नगरपालीकाले यसबारेमा जानकारी दिएको छ । जेठ २५ गतेबाट सुरु हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र दृतिय हुनेले ७५ हजार पुरस्कार पाउने छ ।
खेलकुद संचालक सकितिका संयोजक खडक बुढाले प्रतियोगितामा बिभिन्न गाउपालीका र नगरपालीका बिभागि टिम र क्लबहरुको सहभागिता रहने बताउनुभयो । उहाले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइ ५ हजार, उत्कृष्ट गोल रक्षक, रक्षक, फरवार्ड र सर्बाधिक गोलकर्तालाइ २५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचलाइ १५ सय पुरस्कार दिइने पनि बताउनुभयो ।
प्रतियोगिताका खेलहरु नगरपालीकाको वडा नम्बर ४ मा रहेको नबिकरण क्लबको खेल मैदानमा हुने बताइएको छ ।