धनगढी, २८ भदौ / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नमुना मा.वि. इकाइको आयोजनामा वक्तृत्वकला सम्पन्न गरिएको छ । “संस्कार सहितको नैतिक शिक्षा आजको आवश्यकता” भन्ने बिषयमा विद्यार्थी परिषद्ले वक्तृत्वकला कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा माधनगढी नमुनामै अध्ययनरत ९ जना प्रतियागी विद्यार्थीको सहभागिता र विद्यालयका सबै विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण दत्त भट्ट , प्राज्ञिक विद्यार्थी परिषद नेपालका प्रदेश सचिव प्रेम बोहरा , प्रदेश जनजाति कार्य प्रमुख एलिसा चौधरी विद्यालय संयोजक सुशील खत्री , र यशोदा जोशीको संयोजकत्वमा कार्यक्रम समापन गरिएको प्रदेश जनजाति कार्य प्रमुख एलिसा चौधरी जानकारी दिइन् ।