नेपालगंज, बाँके
सुदुरपश्चिम प्रदेशलाई संघीय सरकारबाट मातृ तथा बाल स्वास्थ्य सुदृढीकरणको लागि यस सुदूरपश्चिम प्रदेशलाई विशेष अनुदान प्राप्त भएको हुदाँ सामाजिक विकास मन्त्रालयबाट प्रदेशमा रहेका स्थानीय तहहरुको लागि ग्रामिण अल्ट्रासाउन्ड खरिद गरी वितरण गर्न निर्देशनालयलाई आ.व. ०७५।०७६ को अन्तमा (२०७६।०१।२३ गते) कार्यक्रम तथा बजेट प्राप्त भएको थियो ।
अल्ट्रासाउन्ड खरिदको लागि १२ करोड ३२ लाख बजेट विनियोजन भएको हो । उक्त मेसिनअल्ट्रासाउण्ड मेसिन को मुल्य १० लाख २४ हजार ३२० अमेरीकी डलर रहेको छ । अल्ट्रासाउण्ड मेसिन को भन्सार शुल्क रु ५८ लाख ८२ हजार ७१८ रहेको छ भने भ्याट शुल्क रु १ करोड ६० लाख ५९ हजार ८८५ रहेको छ ।
सुदुरपश्चिम प्रदेशमा स्वास्थ निर्देशनालय ले पहिलो चरणको नर्सिङ कर्मचारीका लागि ग्रामिण अल्ट्रासाउण्ड सम्बन्धी तालिम आईतबार बाट भेरी अस्पतालमा सुरु भएको छ ।

नेपालमा अल्ट्रासाउण्ड सेवाको सुरु डा. बसन्त राज श्रेष्ठले ४१ बर्ष अगाडी नै गरेको थियो भने ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सोलुखुम्बु जिल्लाबाट स्वास्थ सेवा बिभागका पुर्व महानिर्देशक डा मिङमार गोल्र्जे शेर्पा ले सुरु गर्नु भएको थियो । तालिममा फिलिप्स मेडीकल सिष्टम ,सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी को प्राविधिक सहयोगमा सञ्चालन भएको छ ।
आईतबार उद्घाटन कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका स्वास्थ निर्देशक गुणराज अवस्थी ले प्रदेशको आधारभुत स्वास्थ सेवा सुधारको लागि , दुर्गम भेगमा रहेका मातृ तथा शिशुको जोखिम को अवस्था वारे थाहा पाउन समयमै उचित सल्लाह दिने ,प्रदेशमा उत्कृष्ठ र उपलब्धिमुलक कार्य गर्ने र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको पुर्ण सदुपयोग गर्नमा प्रतिबद्घ रहेको बताउनुभयो । यो तालिम सेति अञ्चल अस्पताल , नेपालगंज मेडीकल कलेज ,कर्णाली प्रादेशिक अस्पतालमा संचालन हुने स्वास्थ निर्देशनालय ले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रदेश नं ५का स्वास्थ तालिम केन्द्र प्रमुख महेश्वर श्रेष्ठले दुर्गम भेगका मातृ तथा शिशुको ज्यान बचाउने ,बर्थिङ सेन्टरमा हुने मृत्युलाई कम गर्न सकिने र दुर्गमका जनतालाई आधारभुत सेवा प्रदान गर्ने लक्ष्य राम्रो रहेको र प्रदेश नं ५ मा पनि यो सेवा सुचारु गर्ने बताउनुभयो ।
