नेपाल सरकारले अनिवार्य तथा प्राथमिक शिक्षा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, राष्ट्रिय शिक्षा नीति २०७६, आवधिक विकास योजना, दिगो विकास लक्ष्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र बार्षिक नीति तथा कार्यक्रम मार्फत आर्थिक–सामाजिक रूपान्तरण गर्ने सङ्कल्प पूरा गर्ने सबैले आफ्नो क्षेत्रबाट पहल गर्ने कार्यक्रममा सहभागि वक्ताहरु बताएका थिए ।
नेपालको संविधान २०७२ को धारा ३१को शिक्षा सम्बन्धी मौलिक हकले सुनिश्चत गरेको प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहूँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने, नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था स्थापना र सञ्चालन गर्न पाउने हक हुने जस्ता विषयहरुलाई प्राथमिकतामा राख्दै, नेपाल सरकारले तय गरेका अनिवार्य तथा प्राथमिक शिक्षा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, राष्ट्रिय शिक्षा नीति २०७६, आवधिक विकास योजना, दिगो विकास लक्ष्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र बार्षिक नीति तथा कार्यव्रmम मार्फत आर्थिक–सामाजिक रूपान्तरण गर्ने सङ्कल्प पूरा गर्ने अभिप्राय अनुरुप सुदुर पश्चिम प्रदेशमा पद्रेश सरकार तथा स्थानिय सरकार मार्फत् समावेशी तथा गुणस्तरिय शिक्षा प्रवद्र्धनका लागि हामी तपशिलका प्रतिवद्धता गर्दछौैं ।
– सुदुर पश्चिम प्रदेश सरकारले तयार गरेको शिक्षा सम्बन्धी दश वर्षिय योजनालाई अन्तीम रुप दिदैं कार्यान्वयनका लागि अघि बढाउनका लागि,
– प्रदेश सरकारको आफ्नो शिक्षा नीतिमा समावेशी शिक्षालाई थप संस्थागत गरी शिक्षाको योजना सहित कार्यान्वयन गर्नका लागि पहल कदमी गर्नका लागि,
– स्थानिय सरकारले समावेशि शिक्षालाई थप सुधार गर्दै पालिका स्तरिय नीतिगत व्यवस्था सहित प्रभावकारी कार्यान्वयन हरेक बालबालिकाहरुको शिक्षाको पहुँच सुनिश्चितता गर्न,
– शिक्षक पेशागत बिकास तालिममा समावेशी शिक्षाको विषयलाई अनिवार्य समावेश गर्न,
– शिक्षा क्षेत्रका हरेक पुर्वाधारहरुलाई समावेशी र सबैको पहुँचयोग्य बनाउन,
– बिद्यालय स्तरमा सबै बालबालिकाहरुको प्रारम्भीक पहिचान स्वास्थ्य परीक्षण तथा कार्यगत सिकाई सीमितता पहिचान गरि समतामुलक सिकाइको अवसर प्रदान गर्न,
– स्थानीय पाठ्यक्रमहरुमा सबै क्षेत्र, जातजाती र भाषाभाषीको सम्मान समावेशि शिक्षाका बिषयबस्तु समावेश गरि पठनपाठन गर्ने वातावरण तयार गर्न,
– पाठ्यक्रमको भाषा नेपालीमा भए पनि शिक्षणको भाषा बालबालिकाहरुले बुझ्ने गरि अध्ययन गराउने वातावरण तयार गर्न, प्रारम्भीक तथा आधारभुत तहमा अध्ययनरत बालबालिकाहरुका लागि उनिहरुको मातृभाषामा अध्ययन गराउने वातावरण तयार गर्न,
– अपाङ्गता भएका बालबालिकाहरुका लागि खुलेका विशेष कक्षा÷विद्यालयहरुलाई पुनरावलोकन गरि गुणस्तरिय सेवा र सुविधामा बृद्धि गर्न,
प्रतिबद्धता जनाउने ब्यक्तित्वहरुः
कार्यक्रमका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ राष्ट्रिय निर्देशक, रुडुक
कार्यक्रमका प्रमुख अतिथि सूदूर पश्चिम प्रदेश सरकारका माननिय मुख्यमन्त्रि माननिय कमल बहादुर शाह
कार्यक्रमका विशिष्ठ अतिथि सूदूर पश्चिम प्रदेश सरकारका माननिय सामाजिक विकास मन्त्री मेघराज खड्का
कार्यक्रमका विशिष्ठ अतिथि सूदूर पश्चिम प्रदेश सरकारका माननिय सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का
