धनगढी,१४ भदौ । नेपाल रेडक्रस सोसाइटी बाजुराले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । जिल्लाको हिमाली गाउँपालिका गाई खर्कमा पहिरोमा परेर घाइते भएका तीन जनाको परिवारलाई बिहीबार राहत वितरण गरेको हो ।
वडा नम्बर ३ बौडी, गाई खर्कमा गत साउन २६ गते पहिरोमा परी घाइते भएका परिवारलाई राहत वितरण गरिएको बताइएको छ । तुलधन बुढा, मानबहादुर रोकाया र हंसबहादुर रोकाया गरी तीन परिवारलाई रेडक्रसले राहत वितरण गरेको छ । त्रिपाल, भाँडाकुडा, कम्मल र लगाउने धोती साडीसहितका सामाग्री उपलब्ध गराएको रेडक्रस बाजुराले जनाएको छ ।