नारायणगढ, ९ भदौ / नारायणगढ मुग्लिन सडकखण्डमा आइतबार बिहान बस दुर्घटनामा भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु.प्र.प्र. ०२—००१ ख १३३२ नम्वरको बस बिहान ७.१५ बजे सडकको घुमाउनेमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन्
उनीहरूलाई अहिले उपचारको लागि चितवन मेडिकल कलेज ल्याई पुर्याइएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । सडकमै बस पल्टिएर दुर्घटना भएको बताइएको छ ।