धनगढी,२ भदौँ । नदी कटानका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको प्रादेशिक आयुर्वेदिक अस्पताल तथा वडा नम्बर ३ बोराडाँडी क्षेत्र जोखिममा परेको छ ।
प्रादेशिक आयुर्वेदिक अस्पतालको नजिकबाट बग्ने मोहना नदीले निरन्तर कटान गरिरहेको स्थानीयले बताएका छन् । कुनै वेला सो क्षेत्रमा इट्टा भट्टा रहेको स्थानीय करन कुँवरले बताए । करनका अनुसार मोहना नदीले ५ सय मिटरसम्म कटान गरिसकेको छ ।
बोराडाँडीका दीलबहादुर बिष्टले मोहना नदीले आयुर्वेदिक औषधालयको पश्चिमपट्टी कटान गरिरहेकोले अस्पतालसंगै बोराडाँडी क्षेत्र जोखिममा परेको बताए ।
नदी कटानका कारण डिलाशैनी, शिवनगर टोल र लक्ष्मीनगर टोल बढी जोखिममा परेको उनले बताए।स्थानीयका अनुसार प्रादेशिक आयुर्वेदिक अस्पताल नजिकबाट मोहना नदीको कटान जारी रहेमा निर्माणाधीन फाप्ला क्रिकेट मैदान पनि जोखिममा पर्ने छ ।