धनगढी, १ भदौ/ कन्चनपुरको भिमदत्त नगरपालिकाको वडा नं ११ र १२ को क्षेत्रमा चितुवा देखा परेको छ। केहि दिन आगाडी बाघको आक्रमणले एक महिलाको मृत्यु भएको घटना ताजै भएको बेला चितुवा देखा परे पछि स्थानीयहरू त्रसित भएका छन् ।
चितुवा देखा परे पछि स्थानीयहरूलाई सतर्कता अपनाउन र चितुवाको खोजी गर्न जिल्ला कञ्चनपुरको प्रहरी टोली साथै शसस्त्रको टोली र वन विभागको टोली मिलेर खोजी कार्य गरिरहेकाे प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।
“चितुवा देखा परेको हो । नियन्त्रणको लागि अहिले खोजी भएता पनि देखा परेको छैन् । तत्काल स्थानीयलाई माइकीङ गरेर सर्तक रहन सुचित गरेका छौँ “प्रहरी नायव उपरिक्षक जोशी बताए।