धनगढी,३२ साउन । कञ्चनपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । पुनर्वास नगरपालिका–६ टाउन बस्ने १८ वर्षीय निकिता थापा बिहीबारम मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार उनी आफ्नै घरकोठाभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
थापा मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको छ । कक्षा १२मा अध्ययनरत निकिताको मोबाइल बरामद गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
