• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दीपक प्रसाद देवकोटा निजामति कर्मचारी देखि बागमती प्रदेश प्रमुख सम्म

धनगढी, ३२ साउन /  बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अहिले गृहनगर धनगढीमा छन् । बसपार्कस्थित उनको निवास ‘रुपक होजियारी’ मा खाँदा र माला लिएर बधाई दिन आउनेको घुइँचो छ । बिभिन्न संघ–संस्थाहरुले औपचारिक कार्यक्रमै राखेर सम्मान गरिरहेका छन् । सम्मान थाप्दा भावुक हुन्छन्, देवकोटा । एकाएक लामो राजनीतिक उतारचढाव र संर्घषका दिन सम्झिन पुग्छन । निजामति कर्मचारी आन्दोलनका क्रममा २६ दिन भद्रकालीमा आमरण अनशन बस्दा जागिरै गुमेको देखि पछिल्लो पटक पार्टी बिभाजन हुँदा खेपेको मानसिक दबावका घटनाहरुले उनी उद्धेलित हुन्छन ।

देवकोटा अहिले राजकीय जिम्मेवारीमा छन् । उक्त जिम्मेवारीमा हुँदा स्वतह नेकपा (एमाले) को राजनीतिबाट टाढा हुने नै भए । तर, कुनै बेलाका राजनीतिक सहयात्री समेत रहेका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल बिहीबार उनको निवासमा पुग्दा माहोल भावुक बन्यो । दुबै जनाले बिगतको आआफ्नो संर्घष सम्झिए । पार्टी नेतृत्वले न्याय गरी दिएको महत्वपूर्ण जिम्मेवारीलाई कसरी इमान्दारितापूर्वक फत्ते गर्ने भन्दै छलफल गरे । यी दुबै जनाको संयोग पनि गजबको छ । देवकोटा दुई कार्यकाल नेकपा (एमाले) कैलालीको सचिव हुँदा त्यहीँ समयमा रावल पनि एमाले कञ्चनपुरका सचिव थिए । दुबै जनाले दुई– दुई कार्यकाल जिल्ला नेतृत्व हाँके । त्यसपछि आन्तरिक राजनीतिमा किनाराकृत गरिए । ‘तर हामीले धैर्यता गुमाएनौं, केही अमुक नेताहरुको षडयन्त्रलाई निस्तेज पार्दै निरन्तर पार्टी काममा लाग्यौं,’ रावलले भने, ‘अध्यक्ष केपी शर्मा ओली ज्यूले त्यसको मुल्यांकन गर्दै न्याय दिनुभयो ।’

पार्टी सिद्धान्त प्रतिको इमान्दारिता, निरन्तरको सक्रियता, सांगठनिक निपूर्णता र धैर्य गर्ने हो भने एक दिन नेतृत्वले अवश्य मूल्यांकन गर्छ भन्ने बुझाईमा छन्, देवकोटा र रावल । देवकोटाले त प्रदेश प्रमुख बन्छु भन्ने भेउ त्यहीँ दिनसम्म पनि पाएका थिएनन् । ‘एक जना पत्रकार साथीले तपाईँ दीपक प्रकाश हो की दीपक प्रसाद हो भनि सोधेपछि खुल्दुली जाग्यो, प्रधानमन्त्री ज्यूको सचिवालयमा फोन गर्दा पत्रकारहरुले दीपक प्रकाश देवकोटा लेखेपनि तपाईँ नै हो भनेपछि बल्ल चाल पाए,’ उनले भने ।

देवकोटाको जीवन संर्घषै संर्घषमा बित्यो । जीवनमा स्मरणीय घटना कति हो कति छन् । धेरै त अब स्मरणमा पनि छैनन । तर, ०४८ सालको निजामति कर्मचारी आन्दोलनको घटना भने उनी कहिले भुल्दैनन । २२ दिन आमरण अनशन बसेका उनले ९ दिन सम्म त पानी नै खाएनन् । स्वास्थ्य अवस्था निक्कै कमजोर भएपछि पार्टी अध्यक्ष मनमोहन अधिकारी आफै भद्रकाली पुगे । १० औँ दिनमा पानी खुआए । ‘अनशन बस्दा ५० किलोको थिए, तोड्दा घटेर ३२ किलो भएछु,’ उनले सम्झिए ।

देवकोटा २०१५ साउन २ गते पाल्पाको तत्कालीन देवीनगर गाउँ पञ्चायत–२ मा जन्मिए । उनी ०३१ सालदेखि पाल्पामै शिक्षण पेसामा आबद्ध थिए । ०३४ सम्म अध्यापन नै गरेका देवकोटालाई त्यसै बेला एमाले संस्थापक अध्यक्ष मनमोहन अधिकारीले क्रान्तिकारी बुद्धिजीवी संघको सदस्यता दिए । तर उनले शिक्षणमा भएकाले सदस्यता भूमिगत नै राखे । पाल्पामा हुँदा देवकोटाले तत्कालीन तानसेन नगर पञ्चायतमा लेखापालको काम गरे । त्यति मात्रै होइन, त्यहाँ उनले लेखापढीको काम पनि गरे । ०३८ सालमा पाल्पाबाट देवकोटा कञ्चनपुरको महेन्द्रनगर आए । तत्कालीन महाकाली अञ्चल अदालतमा उनी ०३९ माघसम्म विचारीको काम गर्थे । त्यसपछि लोक सेवा आयोगबाट मुखिया बनेका उनको बैतडी हुलाकमा सरुवा भयो ।

०४२ मा कैलालीमा हुँदा उनी बढुवा भएर खरिदार बने । ०४८ सालमा निजामती कर्मचारी आन्दोलनमा देवकोटा सहभागी भए । काठमाडौँको भद्रकालीमा २२ दिन आमरण अनशन बसेको भन्दै उनलाई खरिदारको जागिरबाट अवकाश दिइयो । त्यसपछि लागेका थिए, उनी एमालेको सक्रिय राजनीतिमा । ०४९ मा देवकोटा धनगढी नगरको उपप्रमुखमा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धा गरे । तर त्यसबेला उनी पराजित भए । एमालेको नगर, जिल्ला कमिटी सदस्य हुँदै देवकोटा २०५९ मा नेकपा एमाले कैलालीको सचिव बनेका थिए । दुई कार्यकाल एमाले कैलालीलाई हाँकेका उनले ०६५ सालमा राजीनामा दिए ।

देवकोटा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली ५ बाट चुनाव लडे पनि सफल हुन सकेनन् । केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए । पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै पार्टी राजनीतिबाट अलग बनेका छन् । ‘धैर्यता नगुमाएर इमान्दार भई निरन्तर पार्टीमा खटिए मूल्यांकन हुदो रैछ,’ उनले भने, ‘अर्को महत्वपूर्ण कुरा भनेको सिद्धान्त हो, त्यो कहिले बदल्नु हुदैन ।’

शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.