धनगढी, २८ साउन / अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले गरेको वक्तृत्वकला प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत विद्यार्थी बम बहादुर बि.सी. प्रथम भएका छन्। “अपाङ्ग भएका युवा , विविधता र समावेशीता” भन्ने बिषयमा अपाङ्गता भएका व्यक्तिहरूका बीचमा धनगढीको देव तालिम केन्द्रको सभाहलमा वक्तृत्वकला प्रतियोगिता गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका सचिव नरदिप बहादुर धामीले बताए।

यस्तै प्रतियोगितामा ५ जना प्रतियोगीहरुको सहभागिता रहेकोमा द्वितीय जीवन भुल , तृतीय लक्ष्मण बि. क. हुनु भयो । वक्तृत्वकलामा प्रथमलाई १५ सय , द्वितीलाई १हजार, र तृतीयलाई नगद ५ सहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेको उनले बताए।
कार्यक्रमको सभापतित्वमा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मान बहादुर साउद रहनु भएको थियो । यस्तै प्रमुख आतिथ्यमा सुदूरपश्चिम सरकारका आन्तरिक मामीला मन्त्रालयका राज्यमन्त्री प्रकाश बहादुर बम , बिशिष्ट आथित्यमा सुदूरपश्चिम सरकारका प्रमुख सचिव डाक्टर हरी प्रसाद लम्साल सहित अन्य विशिष्ट व्यक्तित्वहरूका साथै अपाङ्ग महासंघ सुदूरपश्चिमका पदाधिकारी र अन्य थुप्रै वर्गका अपाङ्ग भएका व्यक्तिहरूको उल्लेख उपस्थिति रहेको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका सचिव धामीले बताए।