धनगढी, २५ साउन / धनगढी उपमहानगरपालिका ५ जाइँमा रहेको शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलले आफ्नो विद्यालयको १०० मिटर उत्तर दक्षिण आसपासको सडक छेउछाउमा सरसफाइ गरेको छ । विहिबार विश्व भु- संरक्षण दिवसको अवसर पारेर विद्यार्थीहरुको उत्साहजनक उपस्थितिमा सरसफाइ गरिएको विद्यालयका प्राधानाध्यापक जगन्नाथ जोराले बताए ।
पछिल्लो समय धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल ज्युले सरसफाइ अभियानलाई प्राथमिकतामा राख्नुभएको छ ,उहाँले अघि सारेको हाम्रो धनगढी हामी बनाउँछौं ,हाम्रो धनगढी सफा धनगढी’ भन्ने नारालाई साकार पार्न विद्यालयले सकृयताका साथ सरसफाई कार्यक्रम गतेको उनले बताए ।

साथै विद्यालयमा रहेका विद्यार्थीहरुलाई पढाई सँगसँगै उनीहरुलाई सीप पनि सिकाउने उद्देश्यका साथ दुना टपरी बनाउने सम्बन्धि तालिम पनि प्रदान गरेको प्राधानाध्यापक जोराले बताए । धनगढीमा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो विशिष्ट पहिचान बनाएको शैलेश्वरी इङलिस बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै सृजनशिल काॠ गर्दै आएको छ । तत्कालीन नगरप्रमुख नृप बहादुर वडको पालामा शैलेश्वरी इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले जाइँ आसपासमा गरेको वृक्षरोपण अहिले हरियालीमा परिणत भएको छ ।
वृक्षरोपणका कारण अहिले पुरानो शैलेश्वरी विद्यालय सडक खण्ड अत्यन्तै सुन्दर बनेको छ । उर्जाशिल युवा जगन्नाथ जोराले शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलको नेतृत्व सम्हालेदेखि विद्यालय अझ व्यवस्थित बन्दै गैरहेको छ ।