धनगढी,२४ साउन । कञ्चनपुरमा प्रहरीले दुई लाख बढीको अवैध सामान फेला पारेको छ । प्रहरीका अनुसार दुई लाख ५५ हजार नौ सय मूल्यको भन्सार छलीको अवैध सामान फेला पारेको हो ।
बिहीबार प्रहरी चौकी परासनबाट खटिएको टोलीले भन्सार छलीको गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड ४ थान, एलिभेट १२ पिस, डेलिवरी भलभ ३० पिस, हलोबोल्ट १० पिस लगायतका सामान फेला पारी बरामद गरेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।