धनगढी,२३ साउन । डडेल्धुराको एक सहकारीमा चोरी भएको छ। डडेल्धुराको जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको बताएका छन्। चोरी भएको जानकारी पाएपछि अहिले प्रहरी टोली सहकारीमा पुगेको छ।
डडेल्धुराको एक सहकारीमा चोरी
डडेल्धुराको एक सहकारीमा चोरी