धनगढी,२१ साउन । आज धनगढीको जन जागृती आधारभूत विद्यालय, कनरीमा निःशुल्क दाँत शिविर कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नं. १५, कनरीमा रहेको जन जागृती आधारभूत विद्यालयले आयोजना गरेको थियो।
निःशुल्क दाँत शिविर कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष सुखदेव राना प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उक्त शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, पूर्व अध्यक्ष र भलमान्साको सहभागीता रहेको थियो।
शिविरमा १५४ जनाले दाँत परीक्षण गराएका थिए। हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा.लि., धनगढीले प्राविधिक सहयोग प्रदान गरेको थियो भने सहरी विकास स्वास्थ्य केन्द्र, उर्माले औषधीको व्यवस्था गरेको थियो।
शिविरको सम्पूर्ण व्यवस्थापन तथा संयोजन विद्यालयका शिक्षक तथा सूचना अधिकारी लक्ष्मण टमटाले गर्नुभएको थियो।
