धनगढी,२१ साउन । कैलालीको टीकापुरमा बाघले बाख्रा खाएको छ। आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १७ बस्ने बिजुसिंह बिष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाख्रा खाएको हो। बाघले बिष्ट र परियारको गोठबाट ३÷३ वटा र बस्नेतको गोठबाट एक बाख्रा खाएको हो। बस्नेतको गोठमा थप एक बाख्रालाई घाइते बनाइएको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीमा बाघले ७ बाख्रा खायो
कैलालीमा बाघले ७ बाख्रा खायो