धनगढी, १९ साउन / जिल्ला प्रशासन कार्यालय बैतडीमा जिल्लाभित्रका समसामयिक समस्याहरुबारे युवाहरुले ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख भिमकान्त शर्मा, प्रमुख प्रहरी निरीक्षक दिपक गिरि, सशस्त्र प्रहरी बल प्रमुख लक्ष्मण थापालाई संयुक्त रुपमा ध्यानाकर्षण गराउदै पत्र बुझाएको सामाजिक अभियान्ता तथा उद्यमी युवा विशाल भट्टले बताए ।
निरन्तर पैरवी गर्दै आइरहेको र वर्तमान अवस्थामा जिल्लाभित्र विकराल रुपमा देखिएका कालोबजारी, अनियमितता, भ्रष्टाचार जस्ता जल्दाबल्दा समस्याहरु, बिद्यार्थी हकहितका बिषयहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरेको अर्का अभियान्ता तथा सक्रिय युवा मोहित पाण्डेले बताए । ज्ञापनपत्र बुझाए पछि समस्या समाधान हुने आशा लिएको र युवा भट्टले भने, साथै यसबाट आम नागरिकहरुमा राहत पुग्ने अपेक्षा गरेका छौँ ।
युवाहरुका मागहरु यस्ता छन् :–
१)सुर्नया गाउँपालिकामा एस.ई.ई पुरक परिक्षा केन्द्र विद्यार्थीहरुको पहुच र भौगोलिक क्षेत्रको आधारमा नभएकोले आवश्यक पहल गर्न,
२)स्थानीय गाडिभाडा दर मनोमानी भएकोमा यसलाई नियमन गर्न,
३)जिल्ला कारागारमा आवश्यकता क्षमाता भन्दा बडि कैदि बन्दि रहेका, उक्त समस्या समाधानका लागि आवश्यक पहल गर्न,
४)विपद व्यवस्थापन सम्बन्धि जिल्लामा घट्न सक्ने सम्भावित घटनाहरु बारे पुर्व तयारी गर्न, र राहत उद्धारमा न्यायोचित ढङ्गले खटिन,
५)मदिरा बिक्री बितरण ऐन बिपरित रहेका मदिरा बितरकहरुलाई आवश्यक छानबिन गरि कार्बाही गर्न
६)कालोबजारी नियन्त्रण तथा नियमन गर्न

