धनगढी,१९ साउन । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट नियन्त्रणमा लिइएको बाघ रम्भापुर पोस्टको खोरमा राखिएको छ ।
उखु बारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई डार्ट गरी नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको हो । उक्त बाघले घाँस काटिरहेको अवस्थामा दोधारा–चाँदनी नगरपालिका–२ की २० वर्षीया हीरादेवी शाहको ज्यान लिएको थियो ।
नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जका हाल बाघ राख्ने ६ वटा खोर रहेका छन ।