धनगढी, १८ साउन / सफा धनगढी अभियानलाई आत्मसात गरेर शीतल एकेडेमी धनगढीले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा एकेडेमी वरपरको क्षेत्र , नैनादेवी, धनगढी रंगशाला वरपर र अस्पताल लाइन वरपरका सडक क्षेउमा सरसफाइ गरेको एकेडेमीका सञ्चालक कुबेर निशानीले बताए ।
धनगढी ५ मा रहेको शीतल एकेडेमी पछिल्लो समयमा विद्यार्थीको रोजाइको केन्द्र विन्दु बन्न गएको छ । एकेडेमीले अध्यापनका साथसाथै सामाजिक कार्यहरुमा पनि तीव्रता दिइ रहेको र विद्यार्थीलाई सामाजिकीकरण गर्न लागि परेको छ ।
आजको सरसफाई कार्यक्रममा एकेडेमीका शिक्षक र २७ विद्यार्थीको उपस्थिति रहेको थियो ।